खोलामा डुबेर धनगढीमा एक बालक बेपत्ता



धनगढी,असार १५ । खोलामा डुबेर आज एक बालक बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता भएका हुन । 

कैलारी गाउँपालिका –६ धर्मपुरस्थित आफ्नो मामाघर गएकोबेला गौकन्द्री खोलामा पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

दिउँसोतिर नुहाउनेक्रममा विक खोलामा डुबेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको जोशीले बताए ।  

प्रतिक्रिया दिनुहोस्