नुवाकोटको ठाउँ ठाउँमा धान दिवस मनाईरहदा शिवपुरीमा देखियो यस्तो भावुक दृश्य



नुवाकोट,असार १५ । जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाईरहदा शिवपुरी गाउँपालिकामा भने फरक दृश्य देखिएको छ ।

स्थानीय जनप्रतिनिधि उच्चपदका ब्यक्तिसहित धान दिवस मनाई रहेको फोटो सामाजिक संजालमा यत्रतत्र छरिरहेको बेला शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा धानको लागि आवश्यक मल लुछालुछ भएको दृश्यले सबैलाई भावुक बनाएको छ ।

नमूना कृषक रामप्रसाद पुडासैनीले आफुलाई सो दृश्यले अत्यन्त दुखी बनाएको बताए । नमुना कृषक पुडासैनीले लेखेका छन् । ‘धान दिवस मनाई रहदा कृषकहरुकाे वास्तविक अवस्था कस्ताे छ तस्विर नै बाेल्छ । मानाे खाएर मुरी उब्जाउन अहाेरात्र खेतमा खटिनु पर्ने र बीउ बाली लगाउने अधिकांश किसानहरु १०/२० किलाे रासायनिक मल लिन बिहान देखि नै पर्खीरहेकाे अवस्थामा शिवपुरी गा.पा. काे काेटा अनुसारकाे मल २०/३० बाेरा जागरुक कृषि सहकारी सस्था लि र हिमशिखर ब. सहकारी सस्थाबाट वितरण हुदा लिएकाे तस्विर हेर्दा याे देशमा सरकार र सरकारी संयन्त्र भएकाे अनुभूति काेही कसैलाई हाेला र ? असार १५ बित्दा पनि पर्याप्त मल आयत नगर्ने सरकार र निकाय कति जिम्मेवार ?

प्रतिक्रिया दिनुहोस्