नुवाकोट म्याघङ मा पहिरो, स्थानीयको पशुचौपाया पुरिए



नुवाकोट,असार १६ । जिल्लाको म्यागमा पहिरोले क्षति पुर्याएको छ ।

पहिरोले स्थानीयको पशुचौपाया पुरिएका छन । जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा पहिरोले गोठ पुरिंदा ब्याउनी भैंसी पुरिएको छ। बुधबार राती गोठ माथिबाट खसेको पहिरोले धनबहादुर तामाङको ब्याउनी भैंसी पुरिएको हो।

म्यागाङ गाउँपालिका वडा सदस्य विरबहादुर तामाङले नुवाकोट मा पछिल्लो समय भिरालो जमिनको उचित प्रयोग गर्न नसक्दा जनधनको क्षति भएको बताएका छ ।

प्रतिक्रिया दिनुहोस्