नवनियुक्त मन्त्रीलाई अध्यक्ष नेपालले दिए यस्तो निर्देशन



काठमाडौं,असार १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न आफ्नो पार्टीका तर्फबाट सरकारमा हालै सहभागी मन्त्रीलाई निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय मीनभवनमा चार मन्त्री र एक राज्यमन्त्रीलाई बोलाएर सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन  दिएका हुन् ।

उनले नवनियुक्त मन्त्रीहरुलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन नेपालले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुने गरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिंदै  पार्टी र सरकारको इज्जत बढाउने गरी पारदर्शी रूपमा काम गर्नसमेत निर्देशन दिएका हुन् । 

अध्यक्ष नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न मन्त्रीहरूलाई निर्देशन दिंदै पार्टीको नीति, निर्देशनविपरीत नजान पनि नेपालले नवनियुक्त मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ल । 

समाजवादीको तर्फवाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र  हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्