प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता



काठमाडौं, असार १६ । प्रधानमन्त्री सेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता भएको छ ।बिहीबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवा बीच भेटवार्ता भएको हो । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तव देउवालाई भेट्न पुगेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले अझ उचाई हासिल गर्ने आशा व्यक्त गरेका थिए ।

श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका थिए । दुई देशबीचका प्रधानमन्त्रीहरुको भ्रमणले सम्बन्ध अझ प्रगाढ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्