मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु



कपिलबस्तु,असार १६ । मोटरसाइकल दुर्घटना हुँदा कपिलबस्तुमा एकजना किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन । मृत्यु हुनेमा शिबराज नगरपालिका ३ मदवा बस्ने १९ बर्षिया अस्मिता खनाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकिराखेको ट्याक्टरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किदाँ खनालको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाईकल चालक बर्ष १८ का बिमल पाण्डेको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खनालको टाउकोमा चोट लागि गम्भिर घाईते भएकी र उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्