काभ्रेमा अस्पतालको बस दुर्घटना हुँदा एकको मृत्यु



काभ्रे,असार १६ । काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ। 

अस्पतालबाट कर्मचारी बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा १ क ५७४७ नम्बरको बस बिहीबार दिउँसो पौने ५ बजे अस्पताल नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

दुर्घटनामा भक्तपुर लोकन्थलीकी अन्दाजी ५० वर्षीया लेखकुमारी बस्नेतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए । बाकी घाइते ३८ जनाको उपचार भैरहेको सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्