चेक अनादर विगोका अभियुक्त बालुवाटारबाट पक्राउ



काठमाडौं,असार १७ । प्रहरीले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका – ९ घर भई ललितपुरस्थित पुल्चोक बस्‍दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।निजलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट बुधवार पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख रुपैयाँ र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानून बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो । तर उनी सोही दिनदेखि फरार थिए ।

प्रतिक्रिया दिनुहोस्