नुवाकोट ककनीमा प्रकाश दाहालको शालिक अनावरण



नुवाकोट,असार १७ । सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को शालिक अनावरण गरिएको छ । ककनीमा निर्मित शालिकको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान अनावरण गरेका हुन् । उक्त शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो ।

प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अंकित गरिएको छ ।

२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहालले आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्