मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



हेटौंडा,असार १७ । मकवानपुरमा भारतीय मालबाहक ट्रक दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको छ ।

कान्तीलोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखा नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भएर सडकबाट ३ सय मिटर खसेर दुर्घटना हुँदा ट्रक चालक भारत पटनाका सुरेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

हेटौंडाबाट बकैयाको ठिङ्गन जाँदै गरेको सिजि ०७ बि एच ५५२७ नम्बरको ट्रकमा सबार सहचालक भारत रौतासका अजित यादव भने हामफालेर बाच्न सफल बनेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्