नुवाकोटमा छोटो दुरीको सडकमार्ग स्तरोन्नती, विकल्प बन्दै छहरे–टोखा सडकमार्ग



देवचन्द्र भट्ट

नुवाकोट,असार १८ । काठमाडौँ प्रवेशको लागि छोटो दुरीको छहरे–टोखा सडकमार्गको स्तरोन्नती भएको छ ।

नुवाकोट र रसुवावासीले यस सडकलाई विकल्पका रुपमा लिएका छन् । काठमाडौँबाट नुवाकोट सदरमुकाम विदुर हुँदै रसुवा र चीनको सिमाक्षेत्र केरुङ पुग्न छोटो दुरीको मार्गका रुपमा सो सडक रहेको छ ।

यसको सुधारका लागि सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेकोदस करोड रुपैयाँबाट टोखा–छहरेको २७ किलोमिटर सडकखण्डकोविभिन्न स्थानमा चौडा, ढलान र कालोपत्रे गर्नेलगायतका काम गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजनविधेयकमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सो सडकलाई  ६ करोड रुपैया छुट्याएको छ ।  

प्रतिक्रिया दिनुहोस्