नुवाकोटका एक युवा काठमाडौंमा मृत भेटिए



काठमाडौं,असार १८ । नुवाकोटका एक युवा काठमाडौंमा मृत भेटिएका छन् । काठमाडौंको तिलिङगेटारमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ मृत फेला परेका हुन् ।

उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जले बताएको छ ।यस घटनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने उनको शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्