नुवाकोटमा त्रिशुली नदीले बगाउँदा आमाछोरा बेपत्ता



नुवाकोट, असार १८ । नुवाकोटमा त्रिशुली नदीले बगाउँदा आमाछोरा बेपत्ता भएका छन् । जिल्लाको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको ७ वर्षीय छोरा युनिकलाई त्रिशुली नदीले बगाउँदा दुबै बेपत्ता भएका हुन।

शनिबार त्रिशूली नदीले बगाएको र छोरा युनिक र आमा सङ्गीता श्रेष्ठ बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख रामप्रकाश शाहले बताए ।

उनीहरु दुबै जना खेतबाट घर फर्कने क्रममा नदीले बगाएको बताइएको छ । साँझ अबेरसम्म खोजी कार्यलाई तिव्रता दिलाए पनि उनीहरु दुबैलाई पत्ता लगाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्