एपीएए नेपालको पूरै कार्यसमिति निर्विरोध, अध्यक्षमा अधिवक्ता दाहाल



काठमाडौं,असार १९ । कानून व्यावसायीहरूको संगठन एशियन पेटेन्ट एटोर्निज एशोसिएशन नेपाल (एपीएए नेपाल) को पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।  काठमाडौंको गौशालामा सम्पन्न संस्थाको पाँचौं साधारणसभाले अधिवक्ता सरोज दाहालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

संस्थाको उपाध्यक्षमा अधिवक्ता राधाकृष्ण पाठक, महासचिवमा अधिवक्ता सत्यनारायण पक्का, सचिवमा अधिवक्ता दामोदर तिम्सिना र कोषाध्यक्षमा अधिवक्ता रन्जु बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा पनि अधिवक्ताहरू सनद सत्याल, जयलाल भण्डारी, भगवान पोखरेल र सन्तोष तिवारी निर्विरोध निर्वाचित भएको संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक भण्डारीले जानकारी दिए । 

एपीएए नेपाल जापानमा सन् १९६९ मा स्थापना भएको एशियन पेटेन्ट एटोर्निज एशोसिएशनको नेपाल च्याप्टरसमेत हो । 

प्रतिक्रिया दिनुहोस्