काभ्रेकी युवती काठमाडौंमा मृत फेला



काठमाडौं, असार १९ । काभ्रेकी युवती काठमाडौंमा मृत फेला भेटिएकी छिन । विगत ५ वर्षदेखि बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझीको शव शनिबार बेलुकी स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्दै आएकी उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्