मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौं,असार २०। मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी हुन । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन्। जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्