प्युठान प्रशासनमा पालिका अनुसार बार तोकेर सेवा



प्युठान,असार २० । जिल्ला प्रशासन कार्यालय प्युठानले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न स्थानीय तहलाई बार तोकेर सेवा प्रवाह गर्न थालेको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार राष्ट्रिय परिचय पत्र बनाउन चाप बढेको भन्दै पालिका अनुसार सेवा प्रवाह गर्न थालिएको उल्लेख छ।

एकै दिन सबै पालिकाबाट सेवाग्राहीहरु सेवा लिन आउँदा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गरिएको जिल्ला कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्