छत्रकोट गाउँपालिकाले विद्युतीय भुक्तानीको सुरु

गुल्मी,असार २१ । जिल्लाको छत्रकोट गाउँपालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेकोे छ ।गाउँपालिकाले सोमबार सूचना प्रविधिको प्रयोग गर्दै विद्युतीय भुक्तानीको सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुरुवात गरेको ईएफटी EFT -Electronic Fund Transfer मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्य सुरु गरेको हो । विद्युतीय भुक्तानीले गर्दासेवाग्राहीलाई निकै फाइदा पुग्ने भएको छ ।
विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने भएको छ । सेवाग्राहीले अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।