गुल्मीमा चट्याङ लागेर एकको मृत्यु, एक जना घाइते



गुल्मी,असार २१ । गुल्मीमा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-१ अग्लुङ निवासी १४ वर्षका चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यस्तै चट्याङले लागेर एक जना घाइते भएका छन् ।

सोही ठाउँ निवासी ४२ वर्षकी संगिता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्