मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल आयोजना हुने

काठमाडौं,असार २१। मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो र विजेता मिस टिन वल्र्ड नेपाल र मिस्टर टिन वल्र्ड नेपालले ब्राजिलको साउ पाउलो मा २०१७ को नोभेम्बर १० देखी १६ सम्मआयोजना भएको मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्डमा सहभागिता जनाउने मौका पाएका थिए ।
मिस्टर टिन वल्र्ड नेपाल शिर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने मिस टिन वल्र्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल हात पारेकी थिईन् । मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण थप विशेष हुने भएको छ, यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द व्रिटिस कलेजमा रु २० लाख रुपैंया सम्मको छात्रबृती प्राप्त गर्नेछन् ।
यस प्रतियोगीतामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् भने फस्र्ट रनर अप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेज बाट रु. १५ लाख सम्मको छात्रबृती तथा सम्पूर्ण सहभागिले पहिलो बर्षका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल विजेताहरु १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा
भाग लिने मौका प्राप्त गर्नेछन् ।