नुवाकोट शिवपुरी गाउँपालिकास्तरीय बाल संजाल गठन



नुवाकोट,असार २१ । जिल्लाको शिवपुरी गाउँपालिकास्तरीय बाल संजाल गठन भएको छ । मंगलबार गाउँपालिका सेवा क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको भेलाले बाल संजाल गठन गरेको हो ।

बाल क्लबको अध्यक्षमा मनोज गिरी, उपाध्यक्षमा सुमना बुढाथोकी, सचीवमा लक्ष्मण भेटुवालसहित १२ सदस्य समिति रहेको छ ।

कार्यक्रममा बाल सशक्तीकरण विषयक तालिम समेत प्रदान गरिएको थियोे । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद थपलिया, स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्की लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्