नुवाकोट पञ्चकन्यामा सुरक्षा तथा ब्यक्तिगत घटना दर्ताबारे अभिमुखीकरण कार्यक्रम



नुवाकोट,असार २१ । नुवाकोट पञ्चकन्या गाउँपालिकामा सुरक्षा तथा ब्यक्तिगत घटना दर्ताबारे अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, सबै शाखा प्रमुख, वडा सचिव र कर्मचारीको सहभागिता रहेको छ ।

कार्य क्षेत्रमा सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता जस्ता कार्यमा आउन सक्ने विविध समस्या समाधानका लागि सो तालीमले सहयोग पुर्याउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्