अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिदै
काठमाडौं,असार २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने भएको छ। एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।
समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको एक सांसदले बताए । संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।
यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।