नुवाकोट पञ्चकन्यामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न
नुवाकोट,असार २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न भएको छ ।
मंगलबारदेखि सम्पन्न तालीममा बुधबार गाउँपालिकाकी उपाध्यक्ष बिमला केसिले समापन गरेकी हुन।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक बिस्ट,गाउँपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका का सहजकर्ता राजिब राई विभिन्न शाखाका शाखागत कर्मचारीहरुको उलेख्य सहभागिता रहेको गाउँपालिका श्रोतले जनाएको छ ।
तालीम पश्चात् सामाजिक सुरक्षा तथा ब्यतिगत घटना दर्ता सम्बन्धि द्विविधा हटेको सहभागीले बताएका छन् ।