आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव



काठमाडौं,असार २२ । निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ । बुधबार (असार २२ गते) बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय÷प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको जानकारी दिएका छन् । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको थपलियाले बताए ।

१२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले सरकारले छिट्टै निर्वाचनको मिति तय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्