केबलकार बिग्रिएपछि चन्द्रागिरिमा अलपत्र यात्रुको उद्धार कार्य जारी
काठमाडौं,असार २२ । चन्द्रागिरिमा केवलकार बिग्रेपछि अलपत्र यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय भन्दा बढी मानिस डाँडामा अलपत्र परेका हुन् ।
साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको प्रहरी वृत्त, थानकोटले जनाएको छ ।
टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार समेत बीचमै अलपत्र परेको बताइएको छ । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो ।