मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु
हेटौंडा,असार २२ । मकवानपुरमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु छ ।
बुधबार जिल्लाको बागमती-४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती-१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो ।