उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता
उदयपुर,असार २३ । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।