भरतपुर अस्पतालमा बेवारिसे अवस्था नवजात शिशु फेला
चितवन,असार २३ । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । बिहीबार दिउँसो २:३० बजे अस्पतालको ‘सी’ ब्लकको भर्याङ मुनी एक-दुईको दिनको जस्तो देखिने नवजात शिशु (बच्ची) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शिशुको सोही अस्पतालको एनआईसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शिशुको अवस्था सामान्य छ । शिशु कसले छोडेको भनी खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।