हेटौंडामा जग्गा कित्ताकाट रोकियो



मकवानपुर,असार २४ । हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई न्यून गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ ।

सोमवार बसेको पाँचौं कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्