भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे
काठमाण्डाै,असार २४ । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ ।
चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा ६७ प ८४२२ नम्बरको स्कुटीले ओभरट्याक गर्ने क्रममा ठक्कर खाँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।