शुक्रबार सुनको मूल्य स्थिर, चाँदी भने घट्यो



काठमाडौं,असार २४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्