दुलाहा-दुलही बन्दा निता र हरीहरको मन्द मुस्कान



काठमाडौं,असार २४ । अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री निता ढुंगानाले शुक्रबार लगन गाँठो कसेका छन् l 

दरबारमार्ग स्थित पाँचतारे होटेल याक एन्ड यतिमा उनीहरूको विवाह समारोह भएको हो  । विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरू निकट केही फिल्मकर्मीहरू मात्र सहभागी थिए । 

निता र हरिहरले आइतबार साँझ होटेल याक एन्ड यतिमै रिसेप्सन पार्टी दिँदै छन् । यो जोडीले २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्