राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई ७/७ वर्ष कैद सजाय
सुर्खेत,असार २४ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद सजायकाे फैसला सुनाइएकाे छ ।
जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैदको सजाय सुनाएकाे हो ।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिबाना तोकिएको छ ।उनीहरू दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँसमेत जम्मा गर्नुपर्नेछ ।