संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, ३१ घाइते
संखुवासभा, असार २४ । खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोला गइरहेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न सकेको छैन। दुर्घटनाका घाइतेलाई तुम्लिङटारस्थित कामना अस्पताल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ।ट्याक्टरमा ४४ जना भन्दा बढी सवार थिए ।