आबेको निधनमा नेपालले शनिबार राष्ट्रिय शोक मनाउने



काठमाडौं,असार २४ । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्