नेपाली किसान अनगिन्ती समस्याले थिचिएको भन्दै महासंघ आन्दोलन गर्ने चेतावनी



काठमाडौं,असार २४ । नेपाली किसानहरु अनगिन्ती समस्याले थिचिएको भन्दै अखिल नेपाल किसान महासंघले मसाल जुलुश गर्ने भएको छ । रायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि, महंगी र पूर्वअर्थमन्त्रीलाई कारबाहीको माग गर्दै महासंघले असार २५ गते देशैभरी जुलुश तथा मसाल जुलुश प्रदर्शन कार्यक्रम गर्न लागेको हो ।

किसानका मुख्य वाली मकै र धानको लागि मलको आवश्यकता छ तर विडम्वना देशभर मलको चरम अभाव छ । तत्काल समाधानको कुनै संकेत समेत छैन । यस विषयमा सरकार मौन जस्तै छ । पेट्रोलियम पदार्थमा चर्कोे मुल्यबृद्धि तथा आकाशिएको महंगीका कारण आम जनता तथा किसानको दैनिक जनजीवन नराम्रोसंग प्रभावित भएको छ । महासंघले निकालेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

किसानका समस्याहरुप्रति गरिएको वेवास्ता लगायत राज्य संचालनमा देखिएको वेथिती र अराजकता विरुद्ध शसक्त रुपमा बिरोध गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्