यी हुन् नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवा भएका ३२ जना
काठमाडौ,असार २५ । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । असार २५ गते बसेको बढुवा समितिको बैठकले ३२ जना बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा गणेश चन्द रहेका छन् । त्यसैगरी सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ(क), हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर विक, ओमबहादुर रानालगायत रहेका छन् ।