मलामीबाट फर्केको ट्याक्टर दुघर्टना हुँदा तीनको मृत्यु
खादबारी,असार २५ । जिल्लाको चैनपुर नगरपालिका–१० मा मलामी लिएर फर्कँदै गरेको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा चैनपुर नगरपालीका १० का ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अन्य घाइतेको उपचार भैरहेको बताइएको छ ।