अर्थमन्त्रीबाट हटेका शर्मा फेरी बाम एकताको लागी सक्रिय, चिनियाँ पाहुना आउनु अघिनै खनाल निवासमा



काठमाडौं,असार २५ । आफुमाथी बजेट निर्माणमा छलखेल गरेको आरोप लागेपछि मन्त्रीबाट राजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा फेरी बाम एकताको लागी सक्रिय देखिएका छन् ।

बुधबार संसदमा संबोधन गर्दै छानविन प्रक्रियालाई सहज बनाउन राजिनामा दिएका शर्मा शनिबार एकाएक एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभाग प्रमुख लुओ जियान्छाओ नेपाल आउने अघिल्लो दिन बाम एकताको सन्देश दिन प्रचण्डको सन्देश बोकेर शर्मा खनाल निवास पुगेका हुन् । एकीकृत वाम आन्दोलनका निम्ति शुभकामना दिन नेपाल आउन लागेका चिनिया विदेश बिभाग प्रमुखलाई केही सकारात्मक सन्देश दिने तयारीका साथ शर्मा खनाललाई भेट्न पुगेका हुन् ।

यसअघि एमाले र माओवादी केन्द्रविच पार्टी एकताको बखत पनि शर्मा साक्षिको रुपमा रहेका थिए । प्रदेश र संघको निर्वाचनको मिती तोक्ने तयारी भैरहेको बेला चिनियाँ विदेश बिभाग प्रमुखले बाम एकताको सन्देश दिएका फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्