दौडका क्रममा लडेर प्रहरी प्रशिक्षार्थी जवानको ज्यान गयो
डाेटी,असार २६ । दौडका क्रममा लडेर प्रहरी प्रशिक्षार्थी जवानको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा १० किलोमीटर लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गएकाे हो ।
लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजाे उपचारका क्रममा ज्यान गएको बताइएको छ ।