कपिलवस्तुमा दुई जना मृत भेटिए



कपिलवस्तु,असार २६ । कपिलवस्तमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुद्धभुमि नगरपालिका २ बस्ने वर्ष ४१ को खड्कबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । 

मृतक ओलीको शव गोरुसिङ्गे बजार नजिकको वन क्षेत्रमा रहेको खाडलमा डुबेको अवस्थामा फेला परेको थियो । यसैगरी महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल–भारत सीमा नजिकै रहेको खेतमा स्थानीय वर्ष ३८ का धन्नु धोवी मृत फेला परेका छन् । 

दुवैको शवको पोष्टमार्टमका लागि लगिएको र थप अनुसन्धान सुरु गरेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्