नुवाकोट भद्रुटारका किसानले आधाआधा बोरा मलमै चित्त बुझाए
नुवाकोट,साउन २६ । नुवाकोट भद्रुटारका किसानले आधाआधा बोरा मलमै चित्त बुझाउनु परेको छ ।
पञ्चकन्या गाउँपालिकाको कोटा निर्धारण अनुसार प्राप्त डिएपी र युरिया मल वितरणमा कृषक बीच विवाद उत्पन्न हुने भएकाले आधा आधा बोरा मल वितरण गरिएको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको जनजागृति कृषि सहकारीका सचीव टीकाप्रसाद कडेलले बताए ।
कडेलका अनुसार सहकारीलाई प्राप्त डिएपी १८ बोरा र युरिया २० बोरा नदोहोर्याई आधा आधा बोरा किसानलाई वितरण गरिएको हो । गाउँघरमा चाहेको बेला खेतालाको अभाव झेल्दै आएका किसानलाई पर्याप्त मल तथा बिउबिजन नपाउदा निराश बनेका छन् ।
किसानको अभावलाई केहि हदसम्म न्यूनीकरण गर्न स्थानीय अगुवा लागि नपरेका होइनन् । देश नै बिचौलियाको चंगुलमा फसेको समय किसानको पिडा कस्ले सुनिदिने? मल वितरणमा उपस्थित किसानले अगुवालाई प्रश्न गरेका थिए ।
यता किसानकै हकहितमा लागेको महिला आधार शीलाले पनि सोही संख्यामा मल वितरण गरेको छ । सो संस्थाकी कविता कडेलले किसानको अभावलाई केहि हदसम्म कमी ल्याउन डिएपी १८ र युरिया २० बोरा गरि किसानलाई आधा आधा बोरा नदोहोर्याई वितरण गरिएको थियोे ।