दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित



भारत,साउन ९ । भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजलाई दुई विकेटले पराजित गरेको छ ।

यससँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल बुधवार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्