साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने



श्रीलङ्का,साउन ११ । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

यसअघी सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । बुधबार दोस्रो खेल खेल्न लागेको नेपाल श्रीलंकालाई पनि हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । श्रीलङ्का भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएकाके थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।नेपालले श्रीलंकापछि तेस्रो खेलआगामी आइतबार भारतसँग र अन्तिम खेल मङ्गलवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्