जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई



नुवाकोट,साउन १७ । जिल्लाको खेलकुद समितिको अध्यक्षमा सन्तोष राई चुनिएका छन ।

मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकालको उपस्थितिमा जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई दिइएको हो ।

पुर्व फुटवलर तथा गड्खार युवा जनजागरण युवा क्लब लिखु ४ का व्यवस्थापक रहेका उनीसँग खेल क्षेत्रको राम्रो अनुभव रहेको छ । उनी हाल गड्खार युवा जनजागरण युवा क्लब प्रशिक्षक समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्