नेपाल रिङ्ग रेस्लिङ्गलाई अन्तर्राष्ट्रिय तालिम दिइने



काठमाडौं,साउन २२ । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ ।

ब्यवसायिक रिङ्ग रेस्लिङ्ग बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने  संघले जनाएको छ । यो विशेष तालिम जम्मा ५० जनालाई निशुल्क प्रदान गरिने समेत संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ्ग रेस्लिङ्गहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन गरिनेछ ।

तालिममा रिङ्ग रेस्लिङ्गसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ । छनोट भएका रेस्लरहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्