नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त



काठमाडौं,साउन २३ । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरले प्रशिक्षकका रुपमा रणजी ट्रफी टिमहरु दिल्ली, राजस्थान र उत्तर प्रदेशमा काम गरेका छन् ।

त्यस्तै उनले अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्