केरला महिला लिगको पहिलो खेलमा सावित्रा भण्डारीको पाँच गोल



काठमाडौँ,साउन २५ । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् ।

केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको आफ्नो पहिलो खेलमा सावित्रा सम्मिलित गोकुलमले केरा युनाइटेड फुटबल क्लबलाई ११-० ले पराजित गरेको हो ।

कोजहिकोडेस्थित इएमएस कर्पोरेसन स्टेडियममा भएको खेलको पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा एक गोल थपेकी हुन् । सावित्रा केही दिनअघि मात्रै गोकुलममा अनुबन्ध भएर भारती गएकी हुन् । उनले गोकुलमबा ६ एएफसी महिला क्लब च्याम्पियनसिप पनि खेल्नेछिन् । यस्तै बुधबारकै अर्को खेल केरला ब्लास्टर्स एफसीले एमिरेट्स एफसीलाई १०-० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्