मेस्सी १५ वर्षपछि बालोन डी’ओरको मनोनयन बाहिर



एजेन्सी,साउन २८ । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी डेढ दशकपछि बालोन डी’ओर मनोनयनमा अटाएका छैनन् । मेस्सी १५ वर्षपछि  बालोन डी’ओरको मनोनयनमा नअटाएका हुन् । 

सर्वाधिक सात पटकको विजेता मेस्सी यसअघि सन् २००६ देखि लगातार मनोनयनमा पर्दै आएका थिए । उनले सन् २०२१ को  बालोन डी’ओर जितेका थिए । आयोजक फ्रान्स फुटबलले नयाँ सिजनको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको ३० खेलाडीको सूचीमा ब्राजिल एवं पीएसजीकै स्टार नेयमार अटाएका छैनन् । 

पेरिसमा अक्टोबर १७ तारिख प्रदान गरिने अवार्डका लागि यसपटक स्पेनिस क्लब रियल म्याड्रिडका करिम बेन्जेमा दावेदार हुन् । मेस्सी र नेयमार नअटाएपनि पोर्चुगल एवं म्यानचेस्टर युनाइटेडमा स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेका छन् । 

मनोनयमा पर्ने खेलाडीहरुमा बेन्जिमा र रोनाल्डोसँगै केलियन एम्बाप्पे (पीएसुजी), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (चेल्सी/रियल म्याड्रिड), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल) र डार्विन नुनेज (लिभरपुल) छन् । 

मनोनयनमा पर्ने अन्य खेलाडीहरुमा केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/बोरुसिया डर्टमुन्ड), क्रिस्टोफोर एनकुकु (लेइपजिग), हालेर (डर्टमुन्ड),  डुसान भ्लाहोभिक (युभेन्ट्स), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), ह्युङ मिन सन (टोट्टनहाम), ह्यारी केन (टोट्टनहाम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान) र मेक मेइगनान (एसी मिलान) छन् ।

प्रतिक्रिया दिनुहोस्